ओभरनाइट तलरता सुविधाको ब्याजर घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 11:03:31 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले अस्थाई तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविद्या ७ प्रतिशत ब्याजदर(नीतिगत दर) मा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ब्याजदर कम गरेको हो। हाल बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतमा उपलब्ध गराउँदै आएको थियो। 

समीक्षामा भनिएको छ 'बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।'

यो वर्ष बैंकहरुले गत पुस १ गतेदेखि ओभरनाइट तरलता सुविद्या प्रयोग गरेका थिए। सोही महिनामा मात्रै बैक तथा वित्तीय संस्थाहरुले १२ अर्ब ८१ करोड बराबरको सुविद्या उपभोग गरेका छन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved