
नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान बैंक नोट छाप्ने जिम्मा चिनियाँ सरकारी कम्पनीलाई दिएको छ । चीन सरकारको स्वामित्व रहेको 'चाईना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन' लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो ।
राष्ट्र बैंकले आइतबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । २० रुपैयाँ दरका ३१ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम सोहि चिनियाँ कम्पनीले नै गर्नेछ । यसका लागि उसले ४६ लाख ९८ हजार ६ सय ८५ डलर (आजको विदेशी विनिमय दरअनुसार रु ६२ करोड २१ लाख ६२ हजार ७ सय ४८ रुपैयाँ ०९ पैसा) बराबर कबोलेको थियो । यस हिसाबमा एउटा नोटको लागत मूल्य २ रुपैयाँ पर्न आउँछ ।