हिमालयन र सिभिल बैंकको एकिकृत कारोवार फाल्गुण १२ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 08:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी  फाल्गुण १२ गते शुक्रबारका दिन देखि एकिकृत कारोबार गर्ने भएको छ। प्रप्त्तिपछि "हिमालयन बैंक लिमिटेड" नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुन लागेको हो।

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहने छ। 

सिस्टम अपग्रेड र डाटा माइग्रेसनको लागि हिमालयन बैंकका शाखा कार्यालयहरु बन्द रहने बैंकले जनाएको छ । बैंकका अनुसार फाल्गुण ८ गते सोमबारको सन्ध्याकालिन काउन्टर सेवा बन्द रहने छन् भने फाल्गुण १० गते बुधबार र ११ गते बिहिबार सबै शाखा बन्द रहने छन् । 

त्यस्तै सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु २०७९ फाल्गुण महिना ८ गते सोमबार देखि २०७९ फाल्गुण महिना ११ गते बिहिबार सम्म बन्द रहने छन् । सिभिल बैंकका शाखा कार्यालयहरु २०७९ फाल्गुण ७ गते आईतबार सुचारु रहने छन् ।

सो अबधिमा हिमालयन बैंकबाट जारी भएको ATM कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहने छन् । सिभिल बैंकबाट जारी भएको ATM कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारका साथै दुबै बैंकका Mobile Banking App ₹ Internet Banking सेवा भने सो अबधिका लागि बन्द रहने छ ।

एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन बैंकले अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved