एनआईसी एशिया बैंकका ग्राहकहरुलाई केड कम्पनीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 08:56:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकहरुले केड कम्पनीमा छुट पाउने भएका छन् ।  दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने गरि बैंकले सम्झौता गरेको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी अनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने र  बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने बैंकले जनाएको छ।

  बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved