जह्रुँ गाः हाथु भैरब पुनः स्थापनार्थ कृषि विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 12:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ आर्थिक सहयोग गरेको छ । काठमाण्डौ कीर्तिपुर स्थित गुतपौ टोलमा  जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई बैंकका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व  दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रमका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरब सँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताईन् । उपप्रमुख शुभलक्ष्मी शाक्य तथा विशिष्ट अतिथि कृषि विकास बैंक लि. का प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले  भैरब, जह्रुँगाः हिति र नेवा मैचाको पनि अनावरण तथा उद्घाटन गरेका छन्।

यस सँगै भैरव र जह्रुँगाः को स्थापनाले करिव ४० वर्ष देखि वन्द रहेका हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) प्रचलन पुनः सुरु हुने भएको छ । यो हाथु हाय्केगु पर्व इन्द्र जात्राको भोली पल्ट समय् बजी पून्ही (पूर्णिमा) को दिनमा सबै टोलबासीहरु भेला भएर समयबजी बाँडेर हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) र जाँड खुवाने गरिन्छ । यसले गर्दा आफ्ना पितृहरुले स्वर्गमा राम्रो भोजन प्राप्त गर्ने विश्वास गरिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved