एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्समा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 05:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकले  केसर स्वीट्स अन्तर्गतको बर्फी स्विट्स छुट पाउने भएका छन्। काठमाडौंको न्युरोड स्थित वस्थित केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको बैंकले जनाएको छ।

सम्झौतामा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहक महानुभावहरू एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखाबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved