हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको छ। बैंकले चैत्र २४ गते शुक्रबारबाट उक्त एटिएम संचालनमा ल्याएको हो ।
स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितले संयुक्त रुपमाएटिएम उद्घाटन गरेका हुन् ।
हाल बैंकले १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट सेवा प्रदान गर्दै आएकोे छ ।