आज दिउँसो गभर्नरको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 09:25:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

राष्ट्र बैंकले आज दिउँसो १ बजेर ३० मिनेटमा लाजिम्पाटको होटल र्‍याडिसनमा पत्रकार सम्मेलन आयोजना गरेको हो। राष्ट्र बैंकको सूचना तथा संचार महाशाखाका अनुसार ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।

राष्ट्र बैंकले हरेक महिना  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्ने गरेको छ । यस अघि राष्ट्र बैंकले वेबसाइट मार्फत नै  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्ने गरेकोमा आज भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अवधि अर्थात् फागुनसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्न लागेको हो ।

‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक भएपछि गभर्नरले यसबारे ब्रिफिङ गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने बताईएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved