महँगी घट्दो क्रममा छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 02:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फिति केही हदसम्म नियन्त्रित र घट्ने क्रममा रहेको बताएका छन् । उनका अनुसार अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकाङ्कमा उल्लेख्य कमि आएको छ । अघिल्लो सालको फागुनमा १३ प्रतिशत रहेकोमा अहिले ७ दशमलव १० प्रतिशत रहेको छ । 

यस्तै वैदेशिक व्यापारमा (आयात निर्यात र समग्र व्यापार घाटा)को वृद्धिदर ऋणात्मक रहेको र शुरुका महिनासम्मको तुलनामा फागुनसम्म पनि निरन्तर रहेको उनले जानकारी दिए । सेवा व्यापार घाटामा केही सुधार आएको र रेमिट्यान्स उल्लेख्य रुपमा बढेको उनले बताए ।

पछिल्ला चार महिना मंसिरपछि निरन्तर रुपमा एक खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिरहेको र अहिले औषत रेमिट्यान्स यो आर्थिक वर्षमा ९९ अर्ब प्रतिमहिना रहेको छ । 

उनका अनुसार अघिल्लो वर्षको तुलनामा चालु खाता घाटा उल्लेख्य रुपमा सुधार भएको छ । उनले भने, “अहिले फागुन मसान्तमा आउँदा ४४ अर्ब ३१ करोडले करेन्ट एकाउन्ट डेफिसेटमा छौँ, अघिल्लो वर्षको आठ महिनामा ४६० अर्बको करेन्ट एकाउन्ट डेफिसेटमा थियौँ । ”

गभर्नर अधिकारीले विदेशी विनिमय सञ्चितिमा पनि सुविधाजनक स्थितिमा आएको बताए । उनले गत वर्षान्तमा १२ सय १५ अर्ब सञ्चिति रहेकोमा अहिले १४ सय १ अर्ब सञ्चिति रहेको  र जसले ९ दशमलब ४ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved