ग्लोबल आइएमई बैंकले ल्यायो 'सोचेँ जस्तै खाता', बचत र मुद्दती दुवैको प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 08:19:38 AM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले सोचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ। नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार यो खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएकोबैंकले जनाएको छ ।

बैंकले  ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत  सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved