सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 05:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको र सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका बैंकले जनाएको छ।  

बैंकका अनुसार दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर संचालन गरिएको हो ।              













Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved