कर्जा पुनर्तालिकीकरण र पुनर्संचरनाको सुविधा पाउने क्षेत्र थपिए, आवासीय कर्जालाई पनि समेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 02:17:32 PM मा प्रकाशित

ब्याजको कम्तिमा दश प्रतिशत रकम भुक्तानी गर्दा कर्जा पुनर्तालिकीकरण र पुनर्संचरनाको सुविधा पाउने क्षेत्र विस्तार गरिएको छ। मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत दिईएको यो सुविधालाई थप प्रष्ट पार्दै नेपाल राष्ट्र बैंकले एक सूचना मार्फत यस्तो जानकारी दिएको हो।  

निर्माण क्षेत्रलाई  यस्तो सुविधा दिने भनिएकोमा निर्माण क्षेत्र भन्नाले कुन कुन क्षेत्र पर्दछन भन्ने स्पष्ट नभएपछि राष्ट्र बैंकले उक्त सूचना जारी गरेर थप प्रष्ट पारेको जनाएको छ। 

राष्ट्र बैंककाअनुसार यस्तो सुविधा आवासीय (घरायसी प्रयोजन), गैरआवासीय (व्यापारिक प्रयोजन र बृहत निर्माण (राजमार्ग, पुल आदि) क्षेत्रमा प्रवाहित कर्जाका साथै यस क्षेत्रसंग प्रत्यक्ष रुपमा सम्बन्धित सिमेन्ट, डण्डी, इँटा ब्लक, पाईप्स् एण्ड फिटिंग्न्स लगायतका उद्योगमा प्रवाहित कर्जा पर्दछन। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved