
प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि. बीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास लिएको बैंकले जनाएको छ ।
सम्झौतामा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रा.लि.को परिसरमा ए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
वन्डर्स नेपालले कमलादीमा स्काई वाक टावर संचालनमा ल्याएको छ ।