एभरेष्ट बैंकद्वारा कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 09:05:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले विरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग  गरेको छ । बैंकले समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई आर्थिक सहयोग गरेको हो ।

 बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । यस बाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ। साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गरे । 

कारागारमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दी संग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले विद्यालय संचालनमा ल्याएको हो । 

बैंकले १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएम मार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved