बिहिबार चालु आर्थिक वर्षको अन्तिम आन्तरिक ऋण उठाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 10:25:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले असार २१ गते बिहिबार नेपाल सरकारको लागि १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले १० अर्बको ६ वर्षे विकास ऋणपत्र २०८६ 'च' बोलकबोल मार्फत बिक्री गरि आन्तरिक ऋण उठाउन लागेको हो । यस मार्फत नै चालु आर्थिक वर्षको अन्तिम आन्तरिक ऋण उठाउन लागिएको हो। 

ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकले यस बोलकबोलमा सहभागी हुन पाउनेछन् ।  

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । नेपाल सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण राष्ट्र बैंकले उठाउने गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved