राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 08:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको  छ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरि २०८० श्रावण २१ गते देखि सो सेवा सुरुवात गरेका हुन् । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ।

यस सेवाले सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved