राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 02:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा प्राइम कमर्शियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् । राष्ट्र बैंकले प्राइम बैंकका सीइओलाई सचेत गराएको हो भने अन्य २ बैंकलाई नगद जरिवाना गरेको हो ।

 राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९, को निर्देशन नं. २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, Capital Adequacy Framework, 2015 अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ. प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई व्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

 २०७९ माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा र २०७९ कार्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved