सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 07:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलीसडक, काठमाडौं स्थित हटपिज रेस्ट्रो तथा हेटौडा, मकवानपुर स्थित रेगल हेटौडा रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र  मोबाइल  बैंकिङ्ग ग्राहकहरूले  हटपिज रेस्ट्रोमा १०% र रेगल हेटौडा रिसोर्टमा १५% सम्मको छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएकोबैंकले उल्लेख गरेको छ । 

बैंकले १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved