एनआईसी एशिया बैंकले ११.९९ प्रतिशत ब्याजमा १२ करोडसम्म शेयर धितो कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 08:47:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले ११.९९ प्रतिशत ब्याज मै शेयर धितो कर्जा दिने भएको हो । बैंकले साउन २५ गतेको बैंकको संचालक समितिको निर्णय अनुसार भन्दै ११.९९ प्रतिशत ब्याज मै शेयर धितो कर्जा दिन सबै शाखाहरुलाई सर्कुलर गरेको छ । औसत बेस रेटमा १.८१ प्रतिअशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा शेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो ।  न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्म  अठोट शेयर धितो कर्जा दिने र कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ ।

त्यस्तै बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने छन्। साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको जनाएको  ।

त्यस्तै बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुने जनाएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले उल्लेख गरेको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved