अर्थमन्त्री महतले गभर्नर र बैंकका सीइओलाई छलफलमा बोलाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 03:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि डाकेका छन्। ब्याजदर लगायतका समसामयीक बिषयमा छलफल गर्नका लागि बैंकका सीइओहरुलाई छलफलमा डाकिएको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थमन्त्री महतको सचिवालयकाअनुसार आज बेलुका साढे ५ बजे बैंकका सीइओहरुलाई छलफलका लागि डाकिएको छ। मुख्य विषय नै ब्याजको दर र अहिलेको वित्तीय क्षेत्रको अवस्थाबारेको जानकारी लिने रहेको छ। 

बैंकका सीइओहरुसँगै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि छलफलका लागि डाकिएको अर्थमन्त्री महतको सचिवालयले पुष्टि गरेको छ। 

आफुहरुलाई आज बेलुका साढे ५ बजेका लागि अर्थमन्त्रालयमै छलफलको लागि डाकिएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले पुष्टि गरेका छन्। आफुलाई डाकिएको निमन्त्रणमा समसामयीक बिषयमा छलफल भनिएको उनले जनाएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved