सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 09:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्। 

बैंकले नै प्रहरीलाई दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसर स्रोतले जनाएको छ।  कर्मचारीलाई पक्राउ गरेर प्रमाणपत्रबारे अनुसन्धान अगाडि बढेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved