लुम्बिनी विकास बैंकद्धारा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 09:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank


लुम्बिनी विकास बैंकको देविघाट शाखाले बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ ।

बैंकले विदुर अनगरपालिका वडा नं. ३ स्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ । 

त्यस्तै वडा नं. ५ अवस्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री र बेलकोटगढी नगरपालिका वडा नं. ८ अवस्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ । 

सो सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे ।

उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैंकलाई धन्यवाद व्यक्त गरेका थियो । 

उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved