महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 10:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले काठमाडौंको नक्सालस्थित नन्दी माध्यामिक विद्यालयका एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले सो विद्यालयको कक्षा नौं मा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरे । 

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved