भदौ ३० देखि तेस्रो युवा उद्यमशिलता सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 04:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ ३० गतेदेखि तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको यस संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ ।

सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो सिखर सम्मेलनमा पनि राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो । 

सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समझदारी पत्रमा बुधवार हस्ताक्षर गरे ।

उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमुलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

समझदारी कार्यक्रममा बोल्दैं राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पछिल्लो बित्तिय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउदैं स्वदेशमै स्वरोजगारको वातावरण निमार्ण गर्नुपर्ने बताए । उनका अनुसार बाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको जानकारी दिए । 

त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले ७० जिल्लामा ५०० युवा उद्यमीहरु श्खिर सम्मेलनमा सहभागी हुने  जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नवप्रवर्तन ः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । 

यो सम्मेलनले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशिलता प्रवद्र्धन गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण सघाउ पुग्ने आयोजकको बिश्वास रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved