कन्सल्टेन्सीको ठगी धन्दा विरुद्द उत्रियो माछापुच्छ्रे बैंक, कन्सल्टेन्सी संचालक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2023 | 10:11:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली बैंक स्टेटमेन्ट बनाउने कन्सल्टेन्सी विरुद्द  माछापुच्छ्रे बैंक एक्सनमा उत्रिएको छ । नक्कली बैंक स्टेटमेन्टले सिङ्गो बैंकिङ उद्योगप्रति नै विश्वास गुम्न सक्ने भएकाले यस्तो अपराध विरुद्द उत्रिनु परेको बैंकले उल्लेख गरेको छ। 

बैंक स्टेटमेन्ट किर्ते गरेको आरोपमा कन्सल्टेन्सी विरुद्द किर्ते तथा बैंकिंङ कसुर ऐन अनुसारको मुद्दा चलाउन आग्रह गर्दै बैंकले प्रहरीमा उजुरी दिएको हो ।  अष्ट्रेलिया पढ्न जानलाई माछापुच्छ्रे बैंकमा रहेको खाताको नक्कली बैंक स्टेटमेन्ट बनाएको आरोपमा बैंकले उजुरी दिएको काठमाडौँ प्रहरी परिसर टेकुले पुष्टि गरेको छ।  

'नक्कली बैंक स्टेटमेन्ट बनाएको आरोपमा बैंकले दिएको उजुरीका आधारमा कन्सल्टेन्सीका संचालकलाई पक्राउ गरि हिरासतमा राखिएको छ' काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी कुमुद ढुंगेलले बिजपाटीसँग भने। 

विदेश अध्ययन गर्न जानलाई चाहिने बैंक ब्यालेन्स देखाउनलाई मोटो रकम सेवा शुल्क लिएर केहि दिनलाई पैसा हालिदिने अभ्यास हुने गरेको पाईएपनि बैंक स्टेटमेन्ट नै नक्कली बनाएकोबारे परेको उजुरी यो नै पहिलो भएको एसपी ढुंगेलको भनाई छ। 

ति विद्यार्थीको बैंक खातामा भएको पैसाबारे सोधपुछका लागि अष्ट्रेलियाबाट बैंकमा फोन आएपछि मात्रै नक्कली बैंक स्टेटमेन्ट बनाएर पेश गरिएकोबारे बैंकलाई थाहा भएको हो। यसबारे जानकारी लिन लिनलाई कन्सल्टेन्सीलाई खबर गर्दा कन्सल्टेन्सीले यो घटनालाई सामान्य लिएपछि उजुरी दर्ता गरिएको उजुरीपत्रमा उल्लेख छ। ति विद्यार्थीको बैंक खातामा भएको भन्दा ६४ लाख दश हजार ३७० रुपैयाँ बढी ब्यालेन्स देखाईएकाले बैंकले यति नै बिगो दाबि गरि पाउन प्रहरीकोमा उजुरी दिएको छ। 

हिरासतमा रहेका कन्सल्टेन्सीका संचालकले उक्त कार्य आफ्ना कर्मचारीबाट भएकाले नैतिक रुपमा आफुले उक्त गल्ति स्विकार्ने बताएको टेकु प्रहरी परिसर स्रोतले जनाएको छ। यस्तो अपराधिक क्रियाकलाप अरु कन्सल्टेन्सीबाट भईरहेको सूचना प्राप्त भएकाले यो बिषयमा गहन अनुसन्धान गरिने प्रहरी स्रोतको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved