नयाँ नोट साट्न जाँदा माछापुच्छ्रे बैंकको क्युआर कोड सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 05:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु भएको छ। दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बैंकलेराष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । 

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य  एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved