७ बैंकले बढाए ब्याज, कुनको कति पुग्यो ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 01:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजानिक ब्याजदर अनुसार केही बैंकहरुले भदौको तुलनामा निक्षेपको ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् । त्यस्तै केही बैंकको ब्याजदर भने स्थिर देखिन्छ ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ वटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरुमा प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

जसमध्ये प्राइम कमर्सियल बैंकको व्यक्तिगत निक्षेपको  ब्याजदर सवैभन्दा बढी अर्थात ११.३५८ प्रतिशत रहेको छ । भदौ महिना निक्षेपमा १०.५० प्रतिशत रहेको ब्याजदर असोज महिनाका लागि भने शुन्य दशमलव ८५८ प्रतिशतले बढी हो ।

यसअघिको भद्र सहमति तोडिएसँगै भदौयता बैंकहरु स्वयंले ब्याजदर तोक्दै आएका छन् । नयाँ ब्याजदर अनुसार नबिल बैंक, एभरेष्ट बैंक र हिमालयन बैंकको निक्षेपको ब्याजदर समान अर्थात ११.०५ प्रतिशत कायम छ । यी बैंकले क्रमश स् ०.५६, १.०५ र १.०६ प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । 

त्यस्तै, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले असोजमा ११.०३ प्रतिशत ब्याज दिनेछ । भदौमा मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले असोजका लागि १ दशमदव १.०४ प्रतिशतले ब्याजदर बढाएको हो । यता, नेपाल एसबिआई बैंकले ०.०१ प्रतिशतले बढाएर १० प्रतिशत र स्ट्याण्ण्र्ड चार्टर्डले ०.३७ प्रतिशतले बढाएर निक्षेपको ब्याजदर ९.२९ प्रतिशत पुर्याएको छन्।

हेर्नुस् कुनको ब्याज कति ? 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved