सिटिजन्स बैंकका ग्राहकलाई भारतस्थित अपोलो हस्पिटल्समा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 02:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने जारी विज्ञप्तीमा उल्लेख छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा कात्तिक अनन्थरामनले हस्ताक्षर गरे । 

सिटिजन्स बैंकको भारत स्थित हस्पिटल्सहरुसंगको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल संग बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved