एनएमबि बैंकले सञ्चालनमा ल्यायो 'डिजी स्टेशन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 02:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने उदेश्यले अत्याधुनिक 'डिजि स्टेशन' को सुरुवात गरेको छ ।

'डिजि स्टेशन' ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

बैंकले प्रथम चरणको  डिजि स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ । क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रुपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नयाँ चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ । 

'डिजि स्टेशन'को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved