एनएमबिको कार्ड घोटेर बुद्ध एयरको टिकट काट्दा सुविधै सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 03:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा 'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कार्ड सार्वजनिक गरेका हुन् ।

बैंकले अजय रत्न शाक्यलाई पहिलो कार्ड प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले डोमेष्टिक एभिएसनमा प्रभुत्व जमाएको बुद्ध एयरको सहकार्यमा कार्ड जारी गर्न पाउँदा खुसी व्यक्त गर्दै बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने विश्वास व्यक्त गरे ।

यो कार्ड बैंकिङ क्षेत्रमा पहिलो भएको भन्दै सिइओ केसीले आफ्ना ग्राहकलाई फरक खालको सेवा दिन बैंक प्रतिबद्ध रहेको बताए । कुनै कारणबस फ्लाइट क्यान्सिल गर्नु पर्यो भने कार्ड मार्फत बिना चार्ज क्यान्सिल (रद्द) गर्न सकिने सिइओ केसीले जानकारी दिए । त्यस्तै यो कार्ड प्रयोग गरी बुद्ध एयरमा यात्रा गर्दा १० प्रतिशत छुट पाउन सकिने साथै ५ केजी सामान अतिरिक्त लान पाउनेछन् ।

उनका अनुसार यो कार्ड अन्य जुनसुकै बैंकको एटिएममा मेशिनमा प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यस कदमसंगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको  योगदानमा सहभागी भएको उनले बताए  । 

त्यस्तै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले  बैंकसंग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै  चीनबाट नेपालमा पैसा ट्रान्सफर गर्न समस्या रहेको भन्दै यो कार्डमार्फत सहज हुने बताए । भारतीयपछि चिनिया पर्यटक नेपाल आउने जानकारी दिँदै अध्यक्ष बस्नेतले  वि च्याटमार्फत  चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved