अब बैंक खाता कारोबार नभएको १ वर्षपछि मात्र निष्क्रिय हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 10:55:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अब कारोबार नभएका कल र चल्ती खाता एक वर्ष व्यतित भएपछि मात्र निष्कृय हुने भएका छन् । यस अघि कारोबार नभएको ६ महिना मै यस्ता खाता निष्क्रिय हुने गरेकोमा राष्ट्र बैंकले १ वर्ष  व्यतित भएपछि मात्र खाता निष्कृय हुने व्यवस्था गरेको हो  । 

राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  कारोबार नभएका बचत खाताको हकमा ३ वर्षमा निष्कृय गर्नुपर्ने व्यवस्था भने यथावत छ । 

राष्ट्र बैंकको निर्देशन अनुसार निष्क्रिय खाता सक्रिय गर्दा संस्थाको ग्राहक पहिचान सम्बन्धी नीति बमोजिम अद्यावधिक भएको खाताको हकमा सम्बन्धित ग्राहकको निवेदनबाहेक अन्य कागजात लिन आवश्यक हुने छैन । विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी÷गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved