नेपाल बैंकको सीईओका लागि दरखास्त आव्हान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 11:25:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका दरखास्त आव्हान गरेको छ । बैंकका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो ।  

बैंकले आइतबार असोज २१ गते प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने ईच्छुक व्यक्तिले २१ दिनभित्रमा दरखास्त दिन सक्नेछन् । 

बैंकको सीईओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

त्यस्तै चार्टर्ड एकाउन्टेन्’सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved