प्रभु बैंकको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 11:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले १ लाख ५२ हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सेयर बिक्री गर्न लागेको हो । 

बैंकका अनुसार संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको उक्त परिमाणको सेयर बिक्रीमा राखिएको हो । 

बैंकको संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले यसअघि गत शुक्रबार तीन जना सेयरधनीका नाममा रहेको २० हजार २ सय २ कित्ता सेयर पनि बिक्रीमा ल्याएको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved