माछापुच्छ्रे बैंकबाट बाहिरिंदै सर्वाधिक ठूला सेयरधनी सुरेन्द्र महतो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 11:46:20 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकबाट ठूलो सेयर हिस्सा ओगटेका सेयरधनी सुरेन्द्र महतो बाहिरिने भएको छन् । उनले आफ्नो स्वामित्वमा रहेको १ करोड १२ लख ३२ हजार ४ सय ९२ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । 

बैंकका सबैभन्दा बढी सेयर स्वामित्व रहेका महतोको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २ सय रुपैयाँ लगानी रहेको छ । जुन बैंकका कुल सेयर लगानीको १०.९५ प्रतिशत हो । बैंकको उनको नाम रहेको सेयर माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २५ गतेबाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिन सक्नेछन् । यस अवधिमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यो पनि : माछापुच्छ्रे बैंकमा सुरेन्द्र महतोको १०.९५ प्रतिशत सेयर स्वामित्व, यी हुन ठूला सेयरधनी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved