माछापुच्छ्रे बैंकमा सुरेन्द्र महतोको १०.९५ प्रतिशत सेयर स्वामित्व, यी हुन ठूला सेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 03:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको रहेको पाईएको छ । बैंकले उपलब्ध गराएको विवरण अनुसार बैंकमा उनको १०.९५ प्रतिशत अर्थात १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २ सय रुपैयाँ लगानी रहेको छ । अघिल्लो वर्षको तुलनामा भने उनको सेयर हिस्सा ०.१६ प्रतिशत बिन्दुले घटेको हो । 

त्यस्तै बैंकमा उपेन्द्र महतोको ९.१४ प्रतिशत अर्थात ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँको सेयर स्वामित्व छ । उनको सेयर स्वामित्व भने गतवर्ष पनि सोही कायम थियो । बैंकमा ११ जना सेयरधनीको १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमध्ये बढी सेयर स्वामित्व हुने तेस्रो सेयरधनीमा प्रेमकुमारी केसी रहेकी छन् । बैंकमा उनको ८.६८ प्रतिशत अर्थात ८९ करोड १ लाख ५ हजार ६ सय रुपैयाँ लगानी छ ।

त्यस्तै चौथो बढी सेयर धारण गर्ने पीकेआर इन्भेस्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात ६५ करोड १३ लाख ६० हजार २ सय रुपैयाँ, रामआशिष साहूको ४.२४ प्रतिशत अर्थात ४३ करोड ४४ लाख २ हजार ७ सय रुपैयाँको सेयर स्वामित्व छ ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात २१ करोड १६ लाख ६९ हजार ३ सय, डा. धर्मराज श्रेष्ठको १.५६ प्रतिशत अर्थात १५ करोड ९५ लाख ८५ हजार ५ सय, किरण केसीको १.४६ प्रतिशत अर्थात १४ करोड ९३ लाख १८ हजार २ सय रुपैयाँ लगानी रहेको छ । 

त्यसैगरी प्रकाश केसीको १.२९ प्रतिशत अर्थात १३ करोड २६ लाख ४२ हजार २ सय, रोशन केसीको १.१४ प्रतिशत अर्थात ११ करोड ६६ लाख ३ हजार ९ सय र करण मोटर्स कम्पनीको १.१२ प्रतिशत अर्थात ११ करोड ५२ लाख ५७ हजार ५ सय रुपैयाँको सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म सेयर स्वामित्व भएका सेयरधनी

बैंकमा रामजानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत अर्थात १० करोड १८ लाख ६२ हजार ६ सय, एसोसिएटेड अटोमोबाइल्सको ०.८३ प्रतिशत अर्थात ८ करोड ४६ लाख ८२ हजार ५ सय, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात ७ करोड ५० लाख ७ हजार ३ सय, श्री हिमालयन इन्टरप्राइजेजको ०.६१ प्रतिशत अर्थात ६ करोड २९ लाख २४ हजार, वीरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात ६ करोड १७ लाख २४ हजार ९ सय, परमेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात ५ करोड ६७ लाख ६९ हजार, राजनलाल श्रेष्ठको ०.५२ प्रतिशत अर्थात ५ करोड ३३ लाख ४४ हजार ५ सय र दिनेशलाल श्रेष्ठको नाममा ०.५१ प्रतिशत अर्थात ५ करोड २१ लाख ७० हजार २ सय रुपैयाँको सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved