आजदेखि बिक्रीमा ल्याइएको सुन र चाँदीका सिक्काको कति पर्छ मुल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 12:05:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि बिक्रीमा ल्याएको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य निर्धारण गरेको छ ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाका अनुसार १० ग्राम सुनको असर्फीलाई १ लाख २ हजार ३ सय ६५ रुपैयाँ, ५ ग्राम सुनको असर्फीको ५१ हजार १ सय ८३ रुपैयाँ, २.५ ग्राम सुनको असर्फीको २५ हजार ५ सय ९२ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० ग्राम चाँदीको लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई मेडालियनलाई १ हजार ६ सय रुपैयाँ र २५ ग्राम चाँदीको गाई मेडालियनको ४ हजार रुपैयाँ रहेको छ ।

सर्वसाधारणले आज आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सक्नेछन् । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved