बैंकिंङ सुरक्षाबारे सिटिजन्स बैंकको जानकारीमुलक भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 03:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले बैंकिंङ सुरक्षाको विषयमा जानकारीमुलक भिडियो सार्वजनिक गरेको छ । बैंकले बैंक मार्फत डिजिटल कारोबार गर्दा के के कुरामा ध्यान दिने, कसरी सुरक्षित रहने लगायतका जानकारी सहितको भिडियो सार्वजनिक गरेको हो ।

 भिडियोमा बैंकले निम्न संदेश दिएको छ ।

अनलाईन बैंकिङ्ग प्रयोग गर्दा बैंकको आधिकारीक वेवसाईट बाटमात्र प्रयोग गने र आधिकारीक एप मात्र डाउनलोड गर्नुपर्छ । आफुले अनलाईन बैंकिङ्ग प्रयोग गरिसकेपछि खुल्लै छोड्नु हुँदैन । लक लगाउने गर्नु पर्छ ।

अनलाइन बैंकिङ्गको लागि वेबसाइटको यु.आर.एल सधै टाइप गर्नुपर्छ । कहिल्यै पनि ईमेल लिङ्क वा अन्य कुनै लिङ्क क्लिक गर्नु हुँदैन । अनलाईन बैंकिङका लागि मोबाईल नम्बर, ओटीपी र फिङ्गर प्रिन्ट आदिको प्रयोग गर्नु पर्छ ।  सबै किसिमका अलर्ट सेवाहरु लिनुपर्छ । त्यसले आफ्नो खातामा हुने कुनै पनि किसिमको गतिविधीको सुचना तुरुन्तै दिने गर्छ । 

हामीले आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनु पर्छ । आधिकारीक बैंकको मान्छे हुँ भनेर फोन गरेपनि आफ्नो बैंक खाता, पासवर्ड, पिन कोर्ड, सीभीसी, वटीपी, पिन, ट्रान्जेक्सन पिन कसैलाई पनि दिनु हुँदैन । 

अनलाईन बैंकिङको लागि बलियो पासवर्ड बनाउनु पर्छ । र बेला बेलामा परिवर्तन गरिरहनु पर्छ । आफ्नो पासवर्ड कुनै पनि ब्राउजर इत्यादीमा सेभ गरेर राख्नु हुँदैन । र साबैजनिक वाईफाई बाट मोबाईल बैंकिङ्गको प्रयोग गर्नु हुँदैन । गरि हाले पनि लग आउट साइन आउन भए नभएको दुई चोटि सम्म चेक गर्नुपर्छ । 

आफ्नो मोबाईल बैंकिङ्गलाई सधै अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नु पर्छ । र आफ्नो एटिएम कार्ड हराएको खण्डमा तुरुन्तै बैंकमा सम्पर्क गरि कार्ड ब्लक गर्न लगाउनु पर्छ । यति कुरा पालना गयो भने आफ्नो डिजिटल कारोबार सजिलो तरिकाले सुरक्षित गर्न सकिन्छ । कुनैपनि बैंकका कर्मचारीहरुले कहिले पनि कुनै पनि माध्यमबाट खातावालको व्यक्तिगत खाता विवरण माग्दैनन् । यदि कसैले माग्छ भने त्यो सरासर ठगि हो भनेर बुझ्नु पर्छ ।

हेर्नुस् बैंकको भिडियो 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved