एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत टोखा नगरपालिकामा वृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 04:29:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले NIMB Green Future Savings Account  अन्तर्गत “एक खाता, एक विरुवा” अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । 

बैंकले उक्त खाता खोल्ने प्रत्येक ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५ सय वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । 

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश के.सी. र प्रहरीको उपस्थिति थियो ।    

यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको छ । 

रु ५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकवर्गहरुले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा पाउनेछन् । 

साथै बैंकले ग्राहकवर्गहरुलाई Eco Friendly Loan”  लाई  प्राथमिकतामा राखि Processing Fee  २५  प्रतिशत छुट समेत दिने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved