यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 10:52:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकमा विभिन्न ३३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीका रुपमा रहेका छन् । जसको बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा अग्रवाल र केडिया समूहको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको देखिन्छ । बैंकको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार बैंकमा सर्वाधिक सेयर होल्ड गरेका ३३ सेयरधनीमध्ये नौ जना सेयरधनी अग्रवाल समूहका रहेका छन् । जसले बैंकमा ११.१८ प्रतिशत सेयर धारण गरेका छन् भने ८ जनाको केडिया समूहको १०.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यस इन्भेष्टमेन्ट कम्पनीको बैंकमा ३.२३ प्रतिशत अर्थात ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर लगानी छ । यस्तै, दोस्रो बढी सेयर होल्ड गरेका नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात ४१ करोड ५७ लाख ३२ हजार रुपैयाँ लगानी रहेको छ । 

त्यस्तै रतनलाल केडियाको २.४८ प्रतिशत अर्थात ३४ करोड ९७ लाख ७० हजार ३ सय रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात २७ करोड १२ लाख ९ हजार २ सय रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात २५ करोड ५१ लाख ३० हजार ८ सय रुपैयाँ र पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात २४ करोड ८४ लाख ९ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको देखिन्छ ।

यस्तै, सुवोध तोदीको १‍.५५ प्रतिशत अर्थात २१ करोड ८३ लाख ६९ हजार ९ सय रुपैयाँ, अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात २० करोड ९४ लाख ६८ हजार ६ सय रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात २० करोड ५० लाख ६ हजार ४ सय रुपैयाँ, दिनानाथ केडियाको १.४१ प्रतिशत अर्थात १९ करोड ८१ लख ५९ हजार ७ सय रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात १९ करोड ६० लाख २४ हजार ३ सय रुपैयाँ, महावीर इन्भेष्टमेन्ट प्रालिको १.३७ प्रतिशत अर्थात १९ करोड २७ लाख ९९ हजार ७ सय रुपैयाँ, तुसार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार ५ सय रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात १७ करोड ३ लाख ९२ हजार ८ रुपैयाँ, मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात १५ करोड २३ लाख ८७ हजार ३ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

१ प्रतिशतभन्दा कम ०.५ प्रतिशतभन्दा बढी सेयरहोल्ड गरेका सेयरधनी

यस बैंकमा विरेन्द्र कुमार शाहको ०.९९ प्रतिशत अर्थात १३ करोड ९१ लख ५५ हजार ५ सय रुपैयाँ, पूनम चन्द अग्रवालको ०.९७ प्रतिशत अर्थात १३ करोड ६४ लाख ५५ हजार ७ सय रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात १३ करोड १७ लाख ५३ हजार ८ सय रुपैयाँ, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार १ सय रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात १२ करोड ३० लाख १६ हजार रुपैयाँ र राज कुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात ११ करोड ३६ लाख ६४ हजार ४ सय रुपैयाँ, विनय कुमार शाहको ०.७७ प्रतिशत अर्थात १० करोड ८१ लख ५३ हजार ९ सय रुपैयाँ, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात १० करोड ७१ लख १३ हजार १ सय रुपैयाँ, श्याम कुमार अग्रवालको ०.७५ प्रतिशत अर्थात १० करोड ५३ लाख १६ हजार ७ सय रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात १० करोड १२ लाख ३० हजार रुपैयाँ सेयर लगानी रहेको छ । 

त्यसैगरी, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात ९ करोड ५० लाख १२ हजार ५ सय रुपैयाँ, विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात ९ करोड २६ लाख ३५ हजार रुपैयाँ, शशि कला अग्रवालको ०.६३ प्रतिशत अर्थात ८ करोड ९२ लाख ९८ हजार ८ सय रुपैयाँ, मनिष जैनको ०.६३ प्रतिशत अर्थात ८ करोड ८९ लाख ९७ हजार ७ सय रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात ८ करोड ६४ लाख ५१ हजार १ सय रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात ८ करोड ३२ लाख ८८ हजार १ सय रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात ८ करोड २९ लाख ६३ हजार १ सय रुपैयाँ र सरोज शर्माको ०.५१ प्रतिशत अर्थात ७ करोड २५ लाख ४८ हजार ३ सय रुपैयाँ सेयर लगानी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved