बिहीबारदेखि एशियन बैंकर्स संघको कन्फरेन्स सुरु हुँदै, यी हुन् वक्ताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 05:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारदेखि काठमाडौँमा एशियन बैंकर्स संघ (एबिए)को कन्फरेन्स सुरु हुँदै छ । नेपाल बैंकर्स संघका अनुसार एबिएको ३९ औ जनरल मिटिङ र कन्फरेन्स काठमाडौँको सोल्टी होटेलमा हुने भएको हो।

२ दिनसम्म चल्ने यस कन्फरेन्समा सदस्य देशका अर्थमन्त्री, सदस्य देशका केन्द्रीय बैंकका गभर्नर, सदस्य देशका बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत, विभिन्न अन्तराष्ट्रिय विज्ञहरु सहभागी हुने छन् । कोरोनाको कारण यस अघि लगातार २ पटक एबिएको कन्फरेन्स भर्चुअल माध्यमबाट भएको थियो । सन् २०१९ को कन्फरेन्स भने फिलिपिन्सको मनिलामा भएको थियो । त्यस अघिका दुई कन्फरेन्स क्रमश माल्दिभ्स र भारतमा भएको थियो ।

यस पटक नेपाल बैंकर्स संघले पहिलो पटक एबिएको कन्फरेन्स आयोजना गर्न लागेको हो। एबिएमा एशियाली देशका बैंकहरुको संगठन सदस्य हुने गर्छन्। एबिएको स्थापना सन् १९८१ मा भएको हो । यसको प्रधान कार्यालय ताइवानमा रहेको छ।

नेपाल बैंकर्स संघका अनुसार पहिलो दिनको कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने छ। सुरुवाति कार्यक्रममा बैंकर्स संघको अध्यक्ष सुनिल केसीको स्वागत मन्तब्य,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विशेष मन्तब्य, अर्थमन्त्री डा, प्रकाशशरण महतको 'कि नोट एड्ड्रेस',  र एशियन बैंकर्स संघका अध्यक्षको 'क्लोजिंग रिमर्क्स' रहने छ ।

त्यसपछिको पहिले प्लेनरी सेसनमा नेपालको आर्थिक वृद्धिबारे बहस हुने छ । त्यस सेसनको अध्यक्षता गभर्नर अधिकारीले गर्ने छन् भने वक्ताको रुपमा विश्व बैंक अन्तर्गतको आईएफसीका नेपाल प्रमुख, बेलायती दुतावासका डेपुटी हेड अफ मिसन, धितोपत्र बोर्डका अध्यक्ष र नेपाल बैंकर्स संघका अध्यक्ष रहने छन् । सुजीव शाक्य यसको संचालन गर्ने छन् । 

हेर्नुस् कन्फेरेन्सको विभिन्न सत्रमा रहने वक्ताहरु : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved