हिमालयन बैंकद्वारा भूकम्पपीडित २१ लाखको राहत सामग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 05:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले भूकम्पपीडितलाई २१ लाख रुपैया बराबरको राहत सामाग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरुको लागि ति सामग्री सहयोग गरेको हो ।

 बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई  कार्तिक २२ गते हस्तान्तरण गरेको जनाएको छ ।   

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकममा ठुलो धनजनको क्षति पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved