एनआईसी एसियाको ब्याजदर घटेर एकल अंकमा, अरु बैंकलाई दबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 03:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाले ब्याजको दर घटाएको छ। बैंकले आज एक सूचना जारी गर्दै  मङ्सिरदेखि लागू हुने ब्याजको दर घटाएको जानकारी गराएको हो। 

बैंकले जारी गरेको सुचनाअनुसार मङ्सिरको मुद्दती निक्षेपको ब्याजदर अब ८.९६८ प्रतिशतमा हुनेछ। बैंकले कात्तिकमा मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो।

व्यक्तिगततर्फको ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ। त्यस्तै ६ महिनादेखि १५ वर्षसम्म अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ६.९६८ प्रतिशत बनाएको छ। 

कल निक्षेपको ब्याजदर घटाएर २.२९२ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ६.५८५ प्रतिशत कायम गरिएको छ । कात्तिकमा बैंकले कल डिपोजिटमा ३.००१ प्रतिशत ब्याजदर कायम गरेको थियो । यस्तै, कात्तिकमा बचतको ब्याजदर ८.००३ प्रतिशत कायम गरिएको थियो ।  

मङ्सिरदेखि लागू हुनेगरी एनआईसी एसिया बैंकले मुद्दती, बचत र कल निक्षेपको ब्याजको दर घटाएसँगै अरु बैंकहरुलाई पनि ब्याज घटाउनलाई दबाब पर्ने विश्लेषण गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved