सिटिजन्स बैंकका ग्राहकलाई दराज ११.११ मा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 04:56:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुनेछ । 

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २ हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम रु २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उल्लिेखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved