कृषि विकास बैंकको ब्याजदर सार्वजानिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 01:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले मंसिर महिनाका लागि ब्याजको दर सार्वजानिक गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै घटाएर ब्याजदर सार्वजानिक गरेको हो ।

बैंकले जारी गरेको सुचनाअनुसार मङ्सिरको मुद्दती निक्षेपको ब्याजदर अब ९.५१२ प्रतिशतमा हुनेछ । बैंकले कात्तिकमा मुद्दति निक्षेपमा अधिकतम ९.७६ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो ।

व्यक्तिगततर्फको ३ महिनादेखि ६ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.०१० प्रतिशत तोकिएको छ । त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.५१२ प्रतिशत तोकिएको छ । यता, संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ७.५१२ प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ८.०१२ प्रतिशत तय गरिएको छ ।

त्यस्तै लखपति करोडपति धमाका मुद्दती निक्षेपका लागि १०.५१२ प्रतिशत कायम गरिएको छ । कल निक्षेपको ब्याजदर घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ५ प्रतिशत देखि ८ प्रतिशतसम्म कायम गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved