बैंकको ब्याजदर घट्दो क्रममा, स्ट्याण्डर्डले कति तोक्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 01:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिरदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचततर्फ ५.०५ प्रतिशतसम्म, र मुद्दतीतर्फ ८.९७  प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । यसअघि बैंकले मुद्दती निक्षेपमा कात्तिकमा ९.२२ प्रतिशत र असोजमा ९.२९ प्रतिशत कायम गरेको थियो । त्यस्तै कल डिपोजिटतर्फ ०.२५ प्रतिशतदेखि २ प्रतिशत कायम गरिएको छ । 

कर्जातर्फ भने बैंकले बेसरेटमा अधिकतम ४ प्रतिशतसम्म थपेर कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको बेस रेट असोजमा ८.४२ प्रतिशत रहेको छ । 

व्यक्तिगत निक्षेपतर्फको ९१ दिनसम्मका लागि ब्याजददर ८.९७ प्रतिशत तोकिएको छ । त्यस्तै १२१ देखि ३६४ दिनसम्मका लागि ५.२५ प्रतिशत ब्याजजको दर तोकिएको छ । त्यस्तै एक वर्षभन्दा माथिका लागि ५.२५ प्रतिशत र रेमिट्यान्स खाताको हकमा एक वर्ष सम्मका लागि ९.९७ प्रतिशत कायम गरिएको छ ।

यता, संस्थागत निक्षेपको ब्याजको दर १८० दिनदेखि ३६४ दिनसम्मका लागि ४.७५ र एक वर्षभन्दा माथिको समयअवधिका लागि ५.२५ प्रतिशत तय गरिएको छ । 

त्यस्तै कल डिपोजिटका लागि २ प्रतिशतसम्मको ब्याजको दर कायम गरिएको छ ।


हेर्नुस केमा कति ब्याज




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved