बैंकका कर्मचारीमाथि आक्रमण भएपछि ३ संस्थाको एकै स्वर 'सुरक्षा देउँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 08:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको कर्मचारीमाथि आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ३ वटै संस्थाले सुरक्षाको माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले संयुक्त बिज्ञप्ति जारी गर्दै सुरक्षाको माग गरेका हुन्  ।  

संघहरुको पछिल्लो समय केही व्यक्ति÷समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको निन्दा गरेका छन्   । 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको विर्तामोड, झापा शाखामा कार्यरत कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ति जनाउदै घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग संघहरुले गरेका छन्। संयुक्त विज्ञप्तिमा भनिएको छ ' आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग गर्दछौं । '

 बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घटनालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग संघहरुले अनुरोध गरेका छन् ।  

यस अघि : भनेजति पैसा नदिएपछि दुर्गा प्रसाईंका कार्यकर्ताको नियन्त्रणमा बैंकका कर्मचारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved