राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो समन्वय छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 04:15:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो समन्वय रहेको बताएका छन् । बुधबार आयोजित अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच सम्बन्ध राम्रो नभएको आरोप गलत भएको बताएका हुन् ।

उनले मौद्रिक नीतिको समीक्षा पास गर्नको लागि राष्ट्र बैंकले अर्थ सचिवलाई कुरेर बसेकोले यो भन्दा ठूलो समन्वय के हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले संचालक समिति बैठक बस्नको लागि देश बाहिर रहेका अर्थ सचिवलाई कुरेर बसेको जानकारी दिदै दुई संस्थाबीच राम्रो सम्बन्ध रहेको दाबी गरे । अर्थतन्त्र सुधारको राष्ट्र बैंक र अर्थ मन्त्रालय दुवैको समन्वय आवश्यक रहने उनको भनाई थियो ।

गभर्नर अधिकारीले अब ऋण लिएर हिजोकै तरिकाले लगानी गर्न नहुने उल्लेख गरे । कहाँ लगानी गर्ने भन्नेबारे ऋण लिने हरु सुध्रिनु पर्ने उनको भनाई थियो । अनुशासित भएर कर्जा परिचालन गरेमा हिजोको जस्तो समस्या नआउने उनको भनाई थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved