नियतवश कर्जा नतिर्नेलाई कठोर बन्यो राष्ट्र बैंक, समस्याग्रस्त ऋणीको पुनसंरचना गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:20:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नियतवश नतिर्ने ऋणीहरुप्रति राष्ट्र बैंक कठोर रुपमा प्रस्तुत भएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीीतको पहिलो त्रैमासिक समिक्षामा राष्ट्र बैंकले नियतवश कर्जा नतिर्ने ऋणीहरु उपरको कारवाही थप प्रभावकारी बनाउने जनाएको छ । 

त्यस्तै, समस्यामा परेका ऋणीका सम्बन्धमा भने केन्द्रिय बैंकले सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने जनाएको छ । समिक्षामार्फत केन्द्रिय बैंकले बक्यौताको १० प्रतिशत सम्म रकम असुल गरी चैत मसान्तसम्म प्राप्त निवेदनका आधारमा कर्जा पुनसंरचना गर्न सकिने व्यवस्था समेत गरेको छ । 

समिक्षामा उल्लेख छ, 'बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved