ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 07:00:43 PM मा प्रकाशित

laxmi  sunrise bank

  ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved