अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 12:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदै गएको छ । लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ०.९६ प्रतिशत कायम भएको छ ।

मंसिर ११ गते १.८९ प्रतिशतमा रहेको अन्तर बैंक ब्याजदर मंसिर २० गते आइपुग्दा ०.९६ प्रतिशतमा झरेको हो । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ भने कुल कर्जा ४९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय निक्षेप निरन्तर बढ्दै जादा कर्जा प्रवाह भने अपेक्षाकृत रुपले बढ्न सकेको छैन् । निक्षेपमा बढ्दै गर्दा कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४८ प्रतिशतमा आइपुगेको छ ।

सीडी रेसियो जति कम भयो त्यती नै बैंकहरुको लगानी क्षमता त्यति नै बढी भएको मानिन्छ । वाणिज्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved